१२ जेठ २०८०,
काठमाडौं ।
राजधानीमा जारी एनएससी काभा वुमन्स भलिबल च्यालेन्ज कपमा घरेलु टोली नेपाल काजस्कितानसँग पराजित भएको छ । आज भएको सेमफिाइनलमा नेपाल ३–२ को सेटमा पराजित हुँदै फाइनल पुग्न असफल बन्यो ।
पहिलो सेट २८–३० ले गुमाएको नेपालले त्यसपछि २५–१६,२५–१५ ले जित्दै उत्कृष्ट कमब्याक गरेका थियो । तर चौथो सेट काजकिस्तानले २५–१८ ले जितेपछि नतिजा पाँचौं सेटमा पुगेको थियो ।
पाँचौं सेटमा नेपालले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा १५–७ ले पराजित भएको हो । अब नेपालले तेस्रो स्थानका लागि उज्वकिस्तानसँग खेल्ने भएको छ ।