Google search engine

रुकुम पश्चिम भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

११ जेठ २०८०,
रुकुम पश्चिम ।

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका ८ दुलीमा भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चार जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

सानीभेरी गाउँपालिका ५ हाँसुबाट खलङ्गाका लागि छुटेको लु १ ज १७४७ नम्बर जीप दुलीको मोचेखोलामा बिहीबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सानीभेरी गाउँपालिका ५ का ४८ वर्षीय देउचन खत्री, ७० वर्षीय कर्ण बाँठामगर, बाँफीकोट गाउँपालिका ८ की २२ वर्षीया रेखा केसी खनाल र उनका २२ दिनको छोरा रोशन केसीको घटनास्थलमै मृत्यु भएको हो । सानीभेरी गाउँपालिका ५ कै २३ वर्षीया शीतला कुसारीको भने अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine