Google search engine

कामीरिता शेर्पाद्वारा २८औँ पटक सगरमाथाको सफल आरोहण

९ जेठ २०८०,
काठमाडौं ।

पर्वतआरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २८औँ पटक सगरमाथा आरोहण गरेका छन् । उनले आज बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

योसँगै कामीरिताले सबैभन्दा धेरै पटक (२८ औं पटक) सगरमाथा चढेको विश्व कीर्तिमान कायम गरेका छन् । सेभेन समिट ट्रेक्स प्रालिका अनुसार यो सिजनमा उनको दोस्रो सगरमाथा आरोहण हो । यसअघि उनी १७ मे २०२३ मा सगरमाथाको चुचुरोमा पुगेका थिए ।

कामीरितापछि सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति पासाङदावा शेर्पा छन् । उनी २७ औँ पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine