Google search engine

कीर्तिपुर र मुलपानी क्रिकेट रंगशालाको स्तरोन्नति गरिने

५ जेठ २०८०,
काठमाडौं ।

सरकारले आउँदो दुई वर्षभित्र कीर्तिपुर र मुलपानी क्रिकेट रंगशालाको स्तरोन्नति गर्ने भएको छ ।

आज संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा दुई वर्षभित्र कीर्तिपुर र मुलपानी क्रिकेट रंगशालाको स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुने व्यवस्था गरिने उल्लेख छ । यस्तै चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङको विराटनगर क्रिकेट रंगशालाको पूर्वाधार निर्माण कार्य अघि बढाइने जनाइएको छ ।

सरकारले हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गर्ने नीति पनि लिएको छ । वार्षिक खेलकुद क्यालेन्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताको आयोजना गरिने, एक वडा एक खेल मैदान, एक पालिका एक कभर्ड हलको निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine