Google search engine

भुटानी शरणार्थी प्रकरणः हालसम्म १६ जना पक्राउ

५ जेठ २०८०,
काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् । ठगी धन्दामा संलग्न भएको आरोपमा प्रहरीले हिजो बिहीबार थप दुई जनालाई पक्राउ गरेपछि पक्राउ पर्नेको संख्या १६ पुगेको हो ।

हिजो पक्राउ पर्नेमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ रहेका छन् । दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट दुई दिनको म्याद थप भएको छ ।

ठगी प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वसांसद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर थुलुङ, नरेन्द्र केसी, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परिसकेका छन् ।

पूर्व गृहमन्त्री थापाका छोरा प्रतीक र निरज राई अझै फरार छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine