Google search engine

माओवादी केन्द्रको २० सदस्यीय टोली चीन प्रस्थान

५ जेठ २०८०,
काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्व सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वमा २० सदस्यीय टोली आज चीन प्रस्थान गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा उपाध्यक्ष सापकोटा नेतृत्वको टोली १० दिने भ्रमणका लागि आज अपराह्न चीन प्रस्थान गरेको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि मण्डलले तिब्बतको ल्हासा, राजधानी बेइजिङ र सिहाङ्को अवलोकन भ्रमण गर्ने छ भने विविध छलफलमा सहभागी हुने कार्यक्रम छ । सापकोटा नेतृत्वको टोली यही जेठ १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine