Google search engine

नक्कली भुटानी शरणार्थी प्रकरणः हज समितिका अध्यक्ष मियाँ पक्राउ

४ जेठ २०८०,
काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग मियाँको संलग्नता देखिएपछि मियाँ सिंहदरबार भित्रैबाट पक्राउ परेका हुन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

गृह मन्त्रालय अन्तर्गत नेपाल हज समितिका अध्यक्ष मियाँलाई तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल) ले २०७७ माघ ७ मा नियुक्त गरेका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine