२ जेठ २०८०,
काठमाडौं ।
सरकारले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारीको बारेमा छलफल गरेको छ ।
नीति तथा कार्यक्रमको छलफल लागी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख देवराज घिमिरेबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्तामा भएको हो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले यही जेठ ५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस गर्ने तयारी भएको जानकारी गराएक थिए ।
उनले सदनमा पेस भएका विधेयकलाई प्रक्रियागत रुपमा अगाडि बढाउन सभामुखले भूमिका निर्वाह गर्ने अपेक्षा गरेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बजेट भाषणअघि सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ ।