Google search engine

भारतको कर्नाटक राज्यमा कांग्रेसलाई स्पष्ट बहुमत, भाजपा खुम्चियो

३० बैशाख २०८०,
काठमाडौं ।

भारतको कर्नाटक राज्यमा कांग्रेसले स्पष्ट बहुमत ल्याएको छ । २ सय २४ सदस्यीय विधान सभामा बहुमतका लागि १ सय १३ सिट आवश्यक पर्नेमा कांग्रेसले १ सय ३४ सिटमा जित हासिल गरिसकेको भारतको निर्वाचन आयोगले जनाएकावे छ । अरु २ सिटमा कांग्रेसको अग्रता रहेको छ ।

सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) ले ६४ ठाउँमा जित हासिल गरेको गरेको छ भने १ सिटमा अग्रता छ । सत्तारुढ भाजपाले हार स्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटक राज्यमा बहुमत हासिल गरेकोमा कांग्रेसलाई बधाई दिएका छन् ।

कर्नाटकमा अघिल्लो चुनावमा भाजपाले १ सय ४ सिट जितेको थियो । यस पटक भाजपालाई नराम्रो धक्का लाग्यो भने कांग्रेसले ऐतिहासिक पुनरागमन गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

कर्नाटकको हारलाई भारतीय राजनीतिक विश्लेषकहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हार भनेका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine