Google search engine

कायस्थको निधनप्रति काभ्रे कांग्रेसद्वारा दुख व्यक्त

२८ बैशाख २०८०,
काभ्रे ।

दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधनप्रति नेपाली कांग्रेस काभ्रेले दुःख व्यक्त गरेको छ ।

जिल्ला सभापति तीर्थ लामाले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै ‘जिउँदो सहिद’ कायस्थको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले शोक सन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना प्रकट गरेका छन् ।

जिउँदो सहिद’ कायस्थको निधनले जिल्ला मात्र नभइ सिंगो देशनै स्तब्ध रहेको विज्ञप्तीमा उल्लेख छ । मुकेशको २०६२/६३ को जनआन्दोलनमा सहभागी भएका बेला कन्चटमा गोली लागेको थियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका मुकेश सोही दिनदेखि ओछ्यानमा परेका थिए । १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको हिजो बुधबार निधन भएको हो ।

नेपाली कांग्रेस काभ्रेले नेपाली जनताको मुक्तिको अन्दोलनमा मुकशेले पु¥याएको योगदान र बलिदानीको उच्च सम्मानका लागि कुनै कसर बाँकी नराख्न पनि नेपाल सरकार समक्ष माग गरेका छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine