धुलिखेल ।
नेतृत्व गर्न प्रेरित गरौं (इन्सपाएर टु लिड) भन्ने मूल नाराका साथ वर्ष २०२३/२४ को लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आईको लागि गभर्नर चन्द्रकुमार केसी सर्वसम्मत निर्वाचित भएका छन् ।
निर्वाचित गभर्नर केसीले नाराको भावना र मर्मलाई आत्मासाथ गर्दे सम्पूर्ण लायनहरु एकजुट भई मानवीय सेवामा निस्वार्थ समर्पित रहन सबैमा आग्रह गरेका छन् । समाज परिवर्तन नभई मुलुक परिवर्तन नहुने हुँदा असल नेतृत्व आवश्यक रहेकाले असर नेतृत्व उत्पादनका लागि प्रेरित गर्न लाईन्स क्लब ईन्टरनेश्नल डिष्ट्रिक ३२५ आईले यसको नेतृत्व लिने बताए ।
गभर्नर केसीले यो अभियान सफल बनाउनका लागि क्लब अध्यक्ष, लायनमा आवद्ध मनोनित पदाधिकारी र बुद्धिजिवि लगायत सम्पूर्णमा अनुरोध गरेका छन् । आगामी दिनहरुमा अन्तर्राष्ट्रिय सम्बन्धलाई अझै बलियो बनाउदै लिडरसिप सँगै फेलोसिप, स्वाथ्य, शिक्षा, खेलकुद, प्रशिक्षण, खानेपानी तथा सरसफाई, रक्तदान र बृक्षारोपन लगायतका कार्यहरु सुरु भएकाले अभियानमा साथ दिन उनको आह्वान छ ।
पोखरा सम्पन्न लायन्सको अधिबेशनबाट लायन बर्ष २०२३/२४ का लागि प्रथम भाइस डिष्ट्रिक गभर्नरमा बिनोद ढुंगाना र द्धितीय भाइस गभर्नरमा पार्वती खरेल पाण्डे सर्वसम्मत निर्वाचित भएका हुन् । पोखरा र धुलिखेलमा भएको छुट्टाछुट्टै कार्यक्रममा डिष्ट्रिक गभर्नर रामबहादुर बसेल, एलसिआईएफ एरिया लिडर राजन लम्साल, आईपिएमसिसी मनबहादुर रोक्का, पिडिजी इन्दु लम्साल प्रथम र द्धितीय भाइस डिष्ट्रिक गभर्नरद्धय इलेक्ट बिनोद ढुंगाना र पार्वती खरेल पाण्डेले लायनवादका बारेमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा समाज सेवामा नागरिकको दायित्व, मानवीय मूल्यमान्यता र समाजसेवाका कार्यक्षमता अभिबृद्धि लगायतका विविध क्षेत्रका बारेमा लायन्स अन्तर्राष्ट्रिय पूर्व डाइरेक्टर संजय खेतान, आईडि इन्ड्रोसी लायन्स अभियन्ता बालकृष्ण बुर्लाकोटीले डिष्ट्रिक ३२५ आईमा गभर्नर केसीले बिभिन्न पदमा मनोनयन गरेका व्यक्तिहरुलाई प्रशिक्षण प्रदान गरेका थिए ।
सन् १९७१ मा मात्रिकाप्रसाद कोईरालाले आफ्नै अध्यक्षतामा लायन्स क्लब अफ बिराटनगर स्थापना गरि नेपालमा लायनवाद भित्राएका थिए । निस्वार्थ मानवीय सेवा गर्ने उदेश्यले स्थापना भएको यस सामाजिक संस्थामा हाल करिब १४ लाख बढि सदस्य रहेको छन् भने नेपालमा यसको सदस्यता संख्या ५० हजार नाघेको छ ।