Google search engine

दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन

२७ बैशाख २०८०,
काभ्रे ।

दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । उपचारका क्रममा बुधबार साँझ उनको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।

स्वास्थ्य अवस्था खराब हुँदै गएपछि मुकेशको लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो । १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो ।

मुकेशको जन्म २०४८ साल भदौ ९ गते काभ्रेको बनेपामा भएको हो । कृष्णमान कायस्थ र मिरा कायस्थका छोरा मुकेशको २०६२ चैत २७ गतेको जनआन्दोलनमा सहभागी भएका बेला कन्चटमा गोली लागेको थियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका मुकेश सोही दिनदेखि ओछ्यानमा परेका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine