Google search engine

अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर ४ जनाको मृत्यु

२७ बैशाख २०८०,
अर्घाखाँची ।

अर्घाखाँचीमा आगोले जलेर घाइते भएका ४ जनाको मृत्यु भएको छ । भूमिका स्थान नगरपालिका २ तिरतिरे खोला किनारको जङ्गलमा मङ्गलबार लागेको आगो गाउँमा पसेर घरमा आगलागी हुँदा आगो निभाउने क्रममा घाइते भएका ५ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५५ वर्षीय पदम बेल्वासे, ७२ वर्षीय पीताम्बर बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घाइते मध्ये २६ वर्षीया अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जङ्गलमा लागेको आगो बस्ती पस्ने क्रममा पदम बेल्वासेको घरमा सल्केको थियो ।

पाल्पामा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा पदम र पीताम्बरको मृत्यु भएको हो भने काठमाडौको कीर्तिपुर अस्पतालमा लगिएका माधव र घनश्यामको बुधवार काठमाडौंमा निधन भएको प्रहरीले जनाएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine