Google search engine

एमाले सचिव रायमाझीको घरमा प्रहरीको छापा

२६ बैशाख २०८०,
काठमाडौं ।

प्रहरीले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ। मंगलबार दिउँसो प्रहरीको विशेष टोलीले ललितपुर खुमलटार क्षेत्रमा रहेको नेता रायमाझीको घरमा छापा मारेको हो।

उनको घरमा प्रहरीको विशेष टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा छापा मारेको प्रहरीले जनाएको छ। नक्कली शरणार्थी प्रकरणमा सचिव रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत उनी पक्राउ परेका छैनन ।

यो घटनामा यसअघि उनका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहितका केही व्यक्ति पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine