Google search engine

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस

२५ बैशाख २०८०,
काठमाडौं ।

संवैधानिक परिषदले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको बैटकमा सहभागी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्र्रधानन्यायाधीश नियुक्तिका लागि सरकारमाथि चर्को दबाव परेको थियो । परिषदले कायममुकाय प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरे पनि सुनुवाइका लागि भने संसदीय सुनुवाइ विशेष समिति बनेको छैन । कार्कीलाई संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन् ।

चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए । उनी उमेर हदका कारण अवकाश भएपछि ११ असोज २०७९ मा कामु प्रधानन्यायाधीशको भूमिकामा थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine