२५ बैशाख २०८०,
काठमाडौं ।
राष्ट्रिय सभा सदस्य कमला पन्तले ५ सय र हजारका नोटलाई प्रतिबन्ध गर्नुपर्ने माग गरेकी छिन् ।
सोमवार राष्ट्रिय सभामा जारी प्रिबजेट छलफलमा भाग लिँदै कांग्रेस सांसद पन्तले यस्तो माग गरेकी हुन् । उनले अर्थतन्त्र उकास्नका लागि पाँच सय र हजारका नोटहरु प्रतिवन्ध लगाउनुपर्ने बताइन् ।
सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै उनले सरकारले गर्नसक्ने काममात्रै उल्लेख गर्न आग्रह गरिन् । सदस्य पन्तले मौद्रिक नीतिको समीक्षा गर्दा राष्ट्र बैंकले सधैँ नकारात्मक मात्रै किन गर्छ भन्नेकुराको खोजी गर्न आवश्यक रहेको बताइन् ।