२१ बैशाख २०८०,
काठमाडौं ।
सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । तोलामा आज १ हजार २ सय रुपैयाँले बढेर सुन १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो मूल्य अहिलेसम्मकै महँगो हो । यसअघि गएको चैत २२ गते सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँमा पुगेको थियो । आज फेरि त्यो रेकर्ड तोड्दै सुनको मूल्य तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको हो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।