२० बैशाख २०८०,
तनहुँ
तनहुँमा ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । घटनामा अन्य ५ जना घाइते भएका छन् ।
बुधबार बिहान बन्दीपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुग्लिन तर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोक्किन पुगेको थियो ।
दुर्घटनामा ८ जना घाइते भएकामा ३ जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा आयुस भुजेल, चेत बहादुर घर्ती र सनबहादुर भुजेल रहेका छन् ।
घाइते अन्य ५ जनाको भने उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुमा आयुसा भुजेल , जस्मिन भुजेल , ईश्वर भुजेल , समिर भुजेल र सन्तोष भुजेल रहेका छन् ।