२० बैशाख २०८०,
काठमाडौं ।
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अनुसन्धान थालेको प्रहरीले रायमाझीका बाबुछोरालाई पक्राउका लागि खोजी सुरू गरेको हो ।
यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए।
टोपबहादुर रायमाझी अहिले अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य छन्।