२० बैशाख २०८०,
काठमाडौं ।
सरकारले बैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २४ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।
अब सरकारको सिफारिस बमोजिम राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नेछन्। यो अधिवेशनमा आर्थिक वर्ष २०८०८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुनेछ ।
संसदको हिँउदे अधिवेशन बैशाख १५ गते अन्त्य भएको थियो।