२० बैशाख २०८०,
काठमाडौं ।
सुनको मूल्य एकै दिन १ हजार ८ सयले बढेको छ । आज सुन तोलाको १ हजार ८ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको मूल्य तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँ थियो । गएको चैत २२ गते सुनको मूल्य अहिलेसम्मकै उच्च भएको थियो । चैत्र २२ गते सुनको मूल्य तोलामा एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर तोलाको एक हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।