Google search engine

अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

१९ बैशाख २०८०,
धादिङ ।

पृथ्वी राजमार्गअन्तर्गत धार्केको गणेशखोलाको पुल भासिएपछि सोमबारदेखि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । १८ घण्टादेखि ठप्प भएको राजमार्ग बिहान १० बजेदेखि खुलेको हो ।

दुईतर्फी नै सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । हिजो दिउँसो ४ बजे धादिङको धार्केमा गणेश खोला पुल नजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग ठप्प भएको थियो ।

१८ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा कतिपय साना सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका थिए । काठमाडौं आउने सवारी साधनले गल्छी हुँदै नुवाकोटको बाटो र काठमाडौं बाहिर जाने सवारी साधनले त्रिभुवन राजपथ हुँदै हेटौंडाको बाटो प्रयोग गरिररहेका थिए

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine