१८ बैशाख २०८०,
धादिङ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङमा पुल भासिँदा राजमार्ग बन्द भएको छ । धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेशखोला पुलमा भ्वाङ परेपछि राजमार्ग अवरुद्ध भएको हो ।
आज सोमवार दिउँसो पानी परेपछि सुरुमा पुलको धुनीबेसीपट्टिको भाग भासिएको थियो । केही समय एकतर्फी गाडी चलेकोमा दिउँसो ४ बजेपछि पूरै सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
भासिएको पुलसँगै सडक आयोजनाले नयाँ पुल निर्माणको काम थालेको थियो ।