१८ बैशाख २०८०,
काभ्रे ।
नेपाल ट्रेड युनियन कांग्रेस काभ्रेले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) बिभिन्न कार्यक्रम गरेर मनाएको छ ।
सोमबार नेपाली कांग्रेसको बनेपास्थित पार्टी कार्यालयमा मे दिवसको अवसरमा अन्तरक्रिया, चियापान तथा शुभकामना आदानप्रदान गरेको हो । कार्यक्रममा कांग्रेस आवद्ध विभिन्न श्रमिक संघ, संगठनका प्रतिनिधिहरूले ट्रेड युनियन अभियान कमजोर भएको कारण श्रमिकहरु मर्कामा रहेको तर्क गरे ।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका जिल्ला सदस्य एवं भातृ तथा शुभेच्छुक संघ सस्था बिभाग प्रमुख राम जोशी, जिल्ला सदस्य एवं ट्रेड युनियन बिभाग प्रमुख सन्तोष गौतम, नेपाल ट्रेड युनियन काङ्ग्रेस काभ्रेका सभापति प्रेमराज शर्मा वाग्ले, नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भुप्रसाद घिमिरे लगायतले ट्रेड युनियन अधिकार प्राप्त गर्न सबै क्षेत्रको सहयोग र साथ आवश्यक रहेको तर्क गरे ।
नेपाल ट्रेड युनियन काङ्ग्रेस काभ्रेले बैशाख २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय समेत गरेको छ । आवद्ध सबै संघसंगठनको अधिवेशन सम्पन्न गरेर जिल्ला अधिवेशन गर्न लागिएकोनेपाल ट्रेड युनियन काङ्ग्रेस काभ्रेका सचिव नारायण सापकोटाले जानकारी दिए ।