Google search engine

नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन

१३ बैशाख २०८०,
काठमाडौं ।

नेपाल प्रहरीका १३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको पदस्थापन गरिएको छ । गृह मन्त्रालयले बुधबार केहिदिन अघि एसएसपीबाट डीआईजीमा बढुवा भएका १३ जनाको पदस्थापन गरेको हो ।

अन्वेषण योजना तथा विकास निर्देशनालयमा रहेका रविन्द्र केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ । यसअघि प्रदेशको जिम्मा पाएका राजेशनाथ बास्तोला कोशी प्रदेशमा र भरत बोहरा सूदुरपश्चिम प्रदेशमै कायम भएका छन् ।

चन्द्र कुबेर खापुङ अख्तियार दुरूपयोग अनुसन्धान आयोग, जनकराज भट्टराई मधेश प्रदेशमा, लालमणि आचार्य काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र विष्णुकुमार केसीलाई अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदस्थापन गरिएको छ।

त्यस्तै सुरेन्द्रप्रसाद मैनाली अपराध अनुसन्धान विभाग, अर्जुन चन्द ठकुरी साइबर ब्यूरो, यज्ञ विनोद पोखरेल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), विकासराज खनाल कार्य विभाग, कुबेर कडायत महानिरीक्षकको सचिवालय र केदार ढकाललाई प्रशासन विभागमा पदस्थापन गरिएको छ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine