Google search engine

शानदार जित निकाल्दै रवि सांसदमा पुनः निर्वाचित

१२ बैशाख २०८०,
चितवन ।

चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेले शानदार जित हात पारेका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठलाई झन्डै ४३ हजारको फराकिलो .मतान्तरले पराजित गर्दै रविले जित निकालेका हुन् ।

लामिछाने ५४ हजार १७६ मत प्राप्त गरेर विजयी भएका छन् । कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत सहित दोस्रो बन्दा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो ।

यसअघि गत मंसिर ४ गते सम्पन निर्वाचनमा रविले ४९ हजार ३०० मत पाएका थिए । कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine