११ बैशाख २०८०,
तनहुँ ।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले फराकिलो अग्रता कायम गरेका छन् ।
पछिल्लो परिणाम अनुसार डा. वाग्लेले १० हजार २५९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २ हजार ७९७ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।