Google search engine

थप ७८ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

९ बैशाख २०८०,
काठमाडौं ।

कोरोना भाइरसको संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ हजार १४८ जनाको नमूना परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यही अवधिमा ५० जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या तीन सय ८३ जना पुगेको छ ।

देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार २७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine