Google search engine

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो

६ बैशाख २०८०,
काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको राजधानी नयाँ दिल्ली लगिएको छ ।

मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि आज बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत् नयाँदिल्ली लगिएको हो । उनको उपचार नयाँदिल्लीको अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा हुनेछ ।

यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो । त्यसको फलोअपका लागि उनी सोमबार पुनः अस्पताल पुगेका थिए । त्यहाँ उनको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षणका लागि पठाइएको थियो । इन्फेक्सन नघटेको पाइएपछि उनलाई भारत लगेर उपचार गराउन चिकित्सकहरुले सुझाव दिएका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine