Google search engine

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

५ बैशाख २०८०,
काठमाडौं ।

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको मंगलबार बस्ने भनिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै आज (मंगलबार) बस्ने तय भएको राष्ट्रिय सभा बैठक विशेष कारणवस स्थगित भएको सूचना निकालेका छन् ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine