Google search engine

तातोपानी नाका सञ्चालनका लागि सहमति

५ बैशाख २०८०
काठमाडौं ।

नेपाल र चीनबीच तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि छलफल भएको छ ।

नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको हो ।

नाका खुलाउने विषयमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा ६ बुँदे सहमति भएको हो । बैठकमा आउँदो १८ गतेदेखि तातोपानी नाका नियमित सञ्चालन गर्न, सीमा सुरक्षा तथा कोरोना सङ्क्रमण एवं सुरक्षाको विषयलाई प्राथमिकता दिने विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

नाका सञ्चालनका लागि कोभिड प्रोटोकल पालना, सामान चेकजाँच क्वारेनटाइन सञ्चालन, सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण, सुरक्षासँग सम्बन्धित सूचना आदानप्रदान, नाका सञ्चालनका लागि आ–आफ्नो पक्षबाट भइरहेको तयारीबारे जानकारी, दुई देशबिचको समन्वय अझै प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine