Google search engine

बागमती प्रदेशका मन्त्री लामालाई गृह जिल्लामा भव्य स्वागत

काभ्रे ।

बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामालाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । पार्टीका विभिन्न कार्यसमिति, भातृ संस्थाले कार्यक्रम उनलाई स्वागत गरेका हुन् ।

नेपाली कांग्रेस बनेपाले शनिवार औपचारिक कार्यक्रम नै गरेर मन्त्री लामालाई बधाई तथा शुभकामना दिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले पनि पार्टी कार्यालय काभ्रेमा नै बधाई तथा शुभकामना दिएको छ । नेपाल तरुण दल काभ्रे, नेपाल दलित संघ काभ्रेले पनि प्रदेश सरकारमा काभ्रेका प्रतिनिधित्व भएको भन्दै नवनियुक्त मन्त्री लामालाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।

काभ्रे कांग्रेसका सभापति तिर्थ लामा खानेपानी, उर्जा तथा सिंचाँई मन्त्री भएकोमा खुशीयाली व्यक्त गरिएको हो । दाप्चा पुगेका मन्त्री लामालाई स्थानीयले घडा नै राखेर स्वागत गर्दै सगुन समेत दिएका थिए । नमोबुद्ध नगरपालिका वडा नं ९ ले पनि मन्त्री लामालाई स्वागत गरेको छ । शुक्रवार नेपाली कांग्रेस नमोबुद्ध– काठमाडौं सम्पर्क समितिले पनि काठमाडौंमा नै कार्यक्रम गरेर उनलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

बनेपामा सम्मानपछि बोल्दै मन्त्री लामाले काभ्रेका जनताको जीवनस्तर उकास्न गरी काम गर्ने प्रतिवद्धता जनाए । उनले काभ्रेको माटो नै आफ्नो जग भएको भन्दै सबैको साथ, सहयोग र सुझावका आधारमा अघि बढ्ने बताए । मन्त्री लामाले पद अस्थायी कुरा भएकाले जनताको सुखदुखमा आफू सधै साथमा रहने प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाली कांग्रेस बनेपाका पूर्व सभापति रहेका जिल्ला कार्यसमिति सदस्य राम जोशी, नगर सभापति महेश कर्माचार्य, उपसभापति हरिशरण घिमिरे लगायतले काभ्रे कांग्रेसको अभिभावक रहेका लामा जिम्मेवारीमा पुगेकाले काभ्रेको विकासमा योगदान हुने गरी काम हुने विश्वास व्यक्त गरे ।

नवनियुक्त मन्त्री लामा २०७९ सालमा भएको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा काभ्रे प्रदेश सभा १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा उनी काभ्रे क्षेत्र नं १ मा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine