Google search engine

वैशाख ३० गते सम्मेलन गर्ने काभ्रे कांग्रेसको निर्णय

बनेपा ।

नेपाली कांग्रेस काभ्रेले वैशाख ३० गते जिल्ला सम्मेलन गर्ने भएको छ । शनिवार बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले ३० गते सम्मेलन गर्ने निर्णय गरेको जिल्ला कार्यसमितिका सचिव माधव ढकालले जानकारी दिए ।

१ सय ३५ वटै वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन् । बैठकले वडा र स्थानीय तहको सम्मेलन तत्काल सम्पन्न गर्न पनि सबै स्थानीय तह र वडा कार्यसमितिलाई निर्देशन दिएको छ ।

चैत्र २ गते सम्पन्न नेपाली कांग्रेस काभ्रेको बैठकले चैत्र मसान्त भित्र सबै वडाको सम्मेलन सकेर गाउँपालिका र नगरपालिका कार्यसमितिको सम्मेलन सक्न निर्देशन दिएको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine