Google search engine

उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी

३० चैत २०७९,
काभ्रे ।

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।

रामचन्द्र संघई समूहका वैद्य ४३ मत ल्याएर जिल्ला नगरतर्फको उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनले अन्जन श्रेष्ठ प्यानलका अरुणराज सुमार्गीलाई ६ मतले हराए । सुमार्गीले ३७ मत ल्याए । त्यस्तै उमेशलाल श्रेष्ठको प्यानलका दिनेश श्रेष्ठले ३४ मत ल्याए ।

यस्तै वस्तुतगतर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । ढकालले मनिषलाल प्रधान तथा सुकुन्तलाल हिराचनलाई पराजित गरेका छन् । ढकालले ६१ मत पाउँदा प्रधानले ५२ तथा हिराचनले ७ मत पाएका थिए । उनी उमेशलाल श्रेष्ठ समूहबाट प्रतिस्पर्धामा थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine