२९ चैत २०७९,
काठमाडौं ।
नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बुधबार बसेको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
सिफारिस सूचीमा एसएसपी कुवेर कडायतको नाम पहिलो नम्बरमा रहेको छ । त्यसैगरी समितिले एसएसपी केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहोरा, रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाललाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।
प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार मन्त्रालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको बढुवा समितिले जनाएको छ ।