२९ चैत २०७९,
काठमाडौं ।
पछिल्लो २४ घण्टामा १ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ। आरटी पीसीआरबाट ५८ जना र एन्टीजेन परीक्षणबाट ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ। हिजो मंगलबार १ सय ६ जना संक्रमित थपिँएका थिए भने करिब ३ महिनापछि कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको थियो।
हाल देशभर ४४५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।