२८ चैत २०७९,
काठमाडौं ।
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरबाट २ हजार ४३६ नमूना परीक्षण गर्दा १सय ६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४७६ नमूना परीक्षण गर्दा ७४ जना र एन्टीजेनबाट १ हजार ९६० नमुना परीक्षण गर्दा ३२ जनामा कोरोना पुष्टि भएको हो ।
यो अवधिमा ४८ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४६९ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।