Google search engine

सानोतिनो धक्काले बैंकमा जोखिम नआउने गभर्नर अधिकारीको दाबी

२८ चैत २०७९,
काठमाडौं ।

नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको बताएका छन् । आज नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

सहकारी र लघुवित्तहरुमा समस्या आएपछि त्यसको प्रभाव बैंकहरुमा पनि परेको आशंका गरिरहेको बेला गभर्नर अधिकारीले बैंक सुरक्षित रहेको बताएका हुन् ।

उनले नेपालका बैंक तथा वित्तीय संस्थाको अवस्था सुरक्षित र स्वस्थ रहेको दाबी गरे । उनले तत्काल सानोतिनो धक्काले नेपालका बैंक तथा वित्तीय संस्थामा जोखिम नआउने बताए ।

अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको उल्लेख गरे ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine