२८ चैत २०७९,
काठमाडौं ।
न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गिरीकी पत्नीले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि जिल्ला अदालत कपिलवस्तुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई अनुसन्धान र कारबाहीका लागि कपिलवस्तुमा पठाइने प्रहरीले जनाएको छ ।
न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत थिए ।