Google search engine

गत महिनामा भित्रियो १ खर्ब ४ अर्ब रेमिट्यान्स

२७ चैत २०७९,
काठमाडौं ।

राष्ट्र बैंकका अनुसार गत फागुन महिनामा मात्रै १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। रेमिट्यान्स १ खर्बभन्दा माथिको आँकडामा भित्रिन थालेपछि बाह्य क्षेत्रमा सन्तोषजनक सुधार देखिएको छ।

फागुनसम्म शोधानान्तर बचत १ खर्ब ४८ अर्ब बचतमा छ। माघमा १ खर्ब ३३ अर्ब बचतमा थियो। राजस्व कम उठ्न थालेपछि चालु खाताको घाटा भने झन् फराकिलो भएको छ। माघसम्म २९ अर्ब ६४ करोड रहेको चालु खाता घाटा फागुनमा पुनः बढेर ४४ अर्ब पुगेको हो।

फागुनमा महँगी दर घटेर ७.४४ पुगेको छ। माघमा सो दर ७.८८ प्रतिशत थियो।

विदेशी मुद्राको सञ्चितिमा पनि वृद्धि भएको हो। फागुनसम्म १० अर्ब ७० करोड डलर कायम छ जसले ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको हो।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine