२७ चैत २०७९,
काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाडौँ महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको उनले कुनै विलम्ब र आग्रह नगरीकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिए ।
“सिंहदरबारलगायतका स्थानबाट फोहोर नउठाउने महानगरको निर्णयका सम्बन्धमा तत्काल संवाद गरियोस् जुन जुन विषय अहिले सल्टाउनुपर्ने हो सल्टाइयोस् जायज माग पूरा गरियोस्”, उनले भने । उनले काठमाडौँका जनप्रतिनिधिलाई यस प्रक्रियामा सम्मिलित गराउन समेत आग्रह गरे ।
बागदरबार र सिंहदरबारबीच टकराब देखिएको भन्दै थापाले भने, “स्थानीय सरकारले आफ्नो असहमति प्रकट गर्दै गर्दा अत्यावश्यक सेवा अवरोध गरेर आफ्नो माग सुनुवाइ गराउने शैली, भाषा, लवज ठीक कि बेठिक यो विषयमा बहस गरौँला ।
काठमाडौँ महानगरलाई व्यवस्थित बनाउने आफ्नो योजनामा सङ्घीय सरकारले पर्याप्त सहयोग नगरेको भन्दै सिंहदरबारलगायत स्थानबाट फोहर उठाएको छैन ।