Google search engine

सांसदको अडियो प्रकरणले संसद्को गरिमामा आँच पुगेको भन्दै रास्वपाले माग्यो माफी

२७ चैत २०७९,
काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग टेलिफोनबाट दुई करोड रुपैयाँ मागेको विषयमा संसदमा माफी मागेको छ ।

आफ्नो पार्टीका सांसद श्रेष्ठको अडियो प्रकरणले संसद्कै गरिमामा र प्रतिष्ठामा आँच पुगेको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज सोमवारको संसद् बैठकमा माफी मागेका हुन् । प्रमुख सचेतक परियारले यो विषयलाई पार्टीले गम्भीर रूपमा लिएको र छानबिन भइरहेको पनि बताए ।

रास्वपा प्रतिनिधिसभा सदस्य श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न आफूले सभापति रवि लामिछाने निकटका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सहयोग गर्न व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएको थियो ।

घटनापछि रास्वपाले श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसदबाट निलम्बन गरेर अनुसन्धान थालेको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine