Google search engine

कर्णाली सरकारबाट बाहिरियो एमाले

२६ चैत २०७९,
सुर्खेत ।

कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनै जना मन्त्रीले राजीनामा दिएका छन् । आइतबार तीनै जना मन्त्रीले मुख्यमन्त्रीले राजकुमार शर्मालाई संयुक्त रुपमा राजीनामा बुझाएका हुन् ।

एमालेबाट कर्णाली सरकारमा सामाजिक विकासमन्त्री टेकराज पछाईँ, उद्योग वातावरण तथा पर्यटनमन्त्रीमा जीतबहादुर मल्ल र आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह मन्त्री बनेका थिए । केन्द्रमा सरकार बदलिएसँगै प्रदेशमा पनि त्यसको असर देखिएको हो ।

पुस १० गते एमालेसिहतको गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनको बेला नेपाली कांग्रेससहितको सरकार गठन गरेपछि केन्द्रदेखी प्रदेकशको सरकार समिकरण फेरिएको हो । केन्द्रमा गठबन्धन फेरिएसँगै कर्णालीमा एमाले सरकारबाट बाहिरिएको हो ।

नेकपा माओवादी र एमालेबीचको सहमति अनुसार गठन भएको सरकारबाट आज नेकपा एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागि हुने निश्चित भएको हो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine