Google search engine

बागमतीमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका तीर्थ उर्जा र बहादुरसिंह आर्थिक मामिला मन्त्री

२६ चैत २०७९,
हेटौंडा ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्मकट्टेलले आइतवार मन्त्रिपरिषद् विस्तार गरेका छन् । आइतबार मन्त्रिपरिषद् विस्तार हुदाँ नेपाली कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिं लामा र तीर्थ लामा मन्त्री बनेका छन्।

मन्त्रीद्वयले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। सरकारमा कांग्रेसको नेतृत्व गर्दै बहादुरसिंह आर्थिक मामिला तथा योजनामन्त्री र तिर्थ लामा खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री बनेका छन्।

कांग्रेसमा मन्त्रीका आकांक्षी धेरै भएपछि दलका नेता लामालाई नेता व्यवस्थापनमा चुनौती थियो। उनले पहिलो चरणमा आफूसहित दुई जना मात्रै सरकारमा जाने निर्णय गरेका हुन्। भागवण्डाअनुसार कांग्रेसबाट थप ३ जना मन्त्री हुनेछन्। ११ सदस्यीय मन्त्रिमण्डलमा कांग्रेसले ५, मुख्यमन्त्रीसहित माओवादी केन्द्रले ४ र एकीकृत समाजवादीले २ मन्त्रालय लिने भएका छन्।

बागमतीमा दुई नयाँ मन्त्री थपिएसँगै मन्त्रिपरिषद्मा ६ जना पुगेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिन अझै ५ जना मन्त्री नियुक्त गर्नुपर्ने हुन्छ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine