खोपासी काभ्रे ।
साहारा जेष्ठ नागरिक समाजले चार जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । “जेष्ठ नागरिकको सम्मान सभ्य समाजको पहिचान” भन्ने उद्देश्यका साथ पनौती नगरपालिका वडा नं. १० मा स्थापना भएको साहारा जेष्ठ नागरिक समाजले शुक्रबार सम्पन्न ९ औँ वार्षिक साधारण सभामा जेष्ठ नागरिकलाइृ सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा ठूली कान्छि कार्की, रत्न बहादुर उदास, कान्छि कार्की र ज्ञान बहादुर खड्का छन् । उनीहरुलाई कार्यक्रका प्रमुख अतिथी लायन्सकर्मी सबिता दाहाल न्यौपानेले दोसल्ला, खादा, माला, मायाको चिनोले सम्मान गरिन् । सो अवसरमा फलपूmलल तथा खानेकुरा उपलब्ध गराईएको थियो ।
कार्यक्रममा संस्थाका सदस्यद्वय रेणुका उलक र हरि हुमागाईलाई सक्रिय सदस्यको रुपमा सम्मान गरिएको थियो । कार्यक्रममा स्थानीय समाजसेवी पनौती नगरपालिका वडा न १० निवासी जगन्नाथ गिरीलाई विशेष सम्मान गरिएको थियो । सम्मानित समाजसेवी गिरिले आफ्नो स्वर्गबासी पिता कुलमान गिरीको नाममा अक्षयकोष स्थापनार्थ २५ हजार ५ सय २५ रुपैयाँ प्रदान गरे ।
सम्मान कार्यक्रममा लायन्स क्लबले जेष्ठ नागरिकहरुलाइ भजन गाउनका लागि हार्मोनियम र मादल एक एक थान प्रदान गरेको छ । कार्यक्रममा संस्थाको आगामी बर्षको कार्ययोजना संस्थाका सचिव अच्युत प्रसाद गुरागाईले गरेका थिए भने संस्था स्थापना कालदेखि हालसम्मको प्रगति प्रतिवेदन संस्थाका संचालक हस्त बहादुर लामाले प्रस्तुत गरेका थिए ।
साहारा जेष्ठ नागरिक समाजले ज्येष्ठ नागरिकहरुलाई हप्ताको ३ दिन भजन किर्तन कार्यक्रम गराउँदै आएको छ ।