२० चैत २०७९,
तनहुँ ।
वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ १ मा ९ दलका ९ जनाले उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगको तालिकाअनुसार निर्वाचनमा भाग लिन दर्ता भएका दलका तर्फ उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार उम्मेदवारी दर्ता गरेको हो ।
तनहुँ–१ मा कांग्रेस, एमाले, रास्वपा गरि ९ दलका ९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराई, नेकपा एमालेका तर्फबाट सर्वेन्द्र खनाल तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् ।
राप्रपाकोतर्फबाट केन्द्रीय सदस्य शोभा गुरुङ, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट भीमबहादुर सुनार, राष्टिय जनमुक्तिको तर्फबाट पूर्णबहादुर राना, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, नेपाल कम्युनिष्ट पार्टी समाजवादीबाट गणेश श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापाले मनोनयन दर्ता गरेका छन् ।
कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित रामचन्द्र पौडल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको हो ।