२० चैत २०७९,
बारा ।
वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा क्षेत्र नम्बर २ बाट जनता समाजवाद पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गरेका छन् ।
सत्तारूढ गठबन्धनका साझा उम्मेदवार यादवले आज सोमवार कलैयामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि मङ्सिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा यादव जनमत पार्टीका सीके राउतसँग पराजित भएका थिए ।
यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वर्पा का रमेश खरेल, आम जनता पार्टीका अरुण ज्ञवालीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली रहेको यस क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।