१७ चैत २०७९,
काठमाडौं ।
नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले नयाँ मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने जनाएको छ ।
लामो समयदेखि रिक्त मन्त्रालयमा आज दिउँसो नयाँ मन्त्रीले शपथ लिएपछि पूर्णता हुने भएको छ । नेपाली कांग्रेसबाट आठ मन्त्री, माओवादी केन्द्रबाट एक जना, एकीकृत समाजवादी र जसपाबाट २/२ जना, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आमजनता पार्टीबाट एक/एक जना मन्त्री मन्त्रीले शपथ लिने छन् ।
राष्ट्रपति कार्यालयले शपथ ग्रहणको तयारी सुरु भएको जनाएको छ ।