Google search engine

नमोबुद्धमा रक्तचापका बिरामीलाई निशुल्क औषधि

नमोबुद्ध, काभ्रे ।

नमोबुद्ध नगरपालिकाले रक्तचापको नियमित औषधि सेवन गर्ने बिरामीहरुलाई निशुल्क औषधि वितरण शुरु गरेको छ ।

पहिलो चरण दाप्चास्थित नगर अस्पतालबाट रक्तचापको औषधि निशुल्क वितरण थालिएको स्वास्थ्य शाखा प्रमुख नवराज दाहालले जानकारी दिए । शुरुमा एम्लोडिपिन उपलब्ध हुने र मधुमेह लगायत अन्य औषधिसमेत क्रमश वितरण हुने उनले बताए । आफूले खाएको औषधिको आधिकारिकता खुल्ने डाक्टरको पूर्जीसहित उपस्थित हुनेलाई औषधि उपलब्ध हुनेछ ।

औषधि वितरण शुभारम्भ गर्दै नगर प्रमुख कुनसाङ लामाले जनताको हित र सुविधाको लागि आफू सधै प्रतिवद्ध रहेको भन्दै आफूले गरेका प्रतिवद्धता क्रमशः पुरा गर्दै लैजाने बताए । उनले नगर अस्पतालमा स्तरोन्नति भएको दाप्चा स्वास्थ चौकिमा छिट्टै मेडिकल अफिसरको व्यवस्थापन गरेर एक्सरे लगायतका सेवा सुचारू गर्ने प्रतिवद्धता जनाए ।

नगरपालिकाले यसअघि सबै वडाका १ सय ७ स्थानबाट १८ बर्ष माथिका नागरिकको निशुल्क स्वास्थ्य परिक्षण गरेको थियो । नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले फाल्गुन २८, २९ र ३० गते रक्तचाप, मधुमेह, अल्कालिन, प्रोटिन परिक्षण निशुल्क गरेर एक बर्षसम्म निशुल्क औषधिको व्यवस्था मिलाएको छ । परिक्षणमा स्वास्थ्य समस्या देखिएकालाई नमोबुद्ध–४ स्थित मेथिनकोट अस्पतालबाट थप परिक्षण गरी एक बर्षसम्म औषधिसमेत निशुल्क उपलब्ध गराउने नगरपालिकाको तयारी छ । यसअघि परिक्षण गर्दा ५ सय ९७ जनालाई रक्तचाप, १ सय ६० जनालाई मधुमेह, ५ सय २१ जनालाई मृगौलाको समस्या देखिएको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine