Google search engine

चार एआईजीको पदस्थापनः सीआईबीमा बज्राचार्य, प्रशासन विभागमा थापा

१६ चैत २०७९,
काठमाडौं ।

नेपाल प्रहरीका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको पदस्थापन गरिएको छ । मन्त्रिपरिषद बैठकले उनीहरुलाई पदस्थापन गर्ने निर्णय गरेको हो ।

देशभरका ठूला तथा जघन्य अपराध अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा किरण बज्राचार्यको पदस्थापन गरिएको छ । प्रहरी प्रशासनसँग सम्बन्धित प्रशासन विभागमा एआईजी दीपक थापालाई पदस्थापन गरिएको छ ।

उपत्यकाका तीन जिल्लाको कमान्ड कन्ट्रोल हुने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एआईजी श्यामलाल ज्ञवालीको पदस्थापन गरिएको छ ।

यस्तै, प्रहरी कर्मचारीको वृत्ति विकास, तालिम र कर्मचारीको उत्पादनसँग सम्बन्धित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा टेकप्रसाद राईलाई पदस्थापन गरिएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine